देवदह । रुपन्देहीको देवदहस्थित खैरेनी चोकमा स्कुटर दुर्घटनामा घाइते भएका तीन जनाको पहिचान खुलेको छ ।
दुर्घटनामा परी घाइते हुनेहरूमा सुनवल–वनकट्टीका २० वर्षीय स्कुटर चालक शिव पाण्डे, स्कुटरको पछाडि सवार ६० वर्षीया पार्वती पाण्डे र १२ वर्षीय बालक आयुस पाण्डे रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको खैरेनी प्रहरी चौकीका इन्चार्ज भीमसेन विष्टले बताए ।
बुटवलतर्फ जाँदै गरेको लु ०१–००३ प ९५८८ नम्बरको स्कुटर सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।
घाइते तीनै जनाको देवदह मेडिकल कलेज, भलुहीमा उपचार भइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology