काठमाडौं । शिक्षक सेवा आयोगले आफ्नो अठारौँ वार्षिक प्रतिवेदन, २०८३ शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष पेस गरेको छ ।
आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालले आज मन्त्रीसमक्ष प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा आयोगले गरेका प्रमुख काम, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी कार्यदिशा समेटिएको छ । प्रतिवेदनमा आयोगका समग्र गतिविधि तथा उपलब्धिहरूको विवरणसमेत प्रस्तुत गरिएको छ ।
प्रतिवेदन पेस गर्ने कार्यक्रममा आयोगका अध्यक्ष तथा सदस्यहरू, मन्त्रालयका सचिव, मन्त्रीका सल्लाहकार, सहसचिव, प्रशासकीय प्रमुख तथा विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology