Logo

२०८३, आश्विन १०गते


images
images

चिलिमे सुरुङमा उद्धारको काम तीव्र, आजै गन्तव्यमा पुग्ने लक्ष्य

चिलिमे सुरुङमा उद्धारको काम तीव्र, आजै गन्तव्यमा पुग्ने लक्ष्य

images
  • चिलिमे सुरुङमा उद्धारको काम तीव्र, आजै गन्तव्यमा पुग्ने लक्ष्य
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले चिलिमे क्षेत्रमा सुरुङ खन्ने काम तीव्र रूपमा अघि बढिरहेको बताएका छन् ।

    images
    images
    images

    उनका अनुसार नेपाली सेनाको टोलीले भारी उपकरणबाट करिब ८० मिटर र हातैले थप ५० मिटर खन्ने काम पूरा गर्दै अगाडि बढिरहेको छ । सुरुङको माथिल्लो भागमा पानी रहेको जानकारी प्राप्त भएकाले पानी निकासको प्रभावकारी व्यवस्थापनसहित आजै गन्तव्यमा पुग्ने लक्ष्य राखिएको उनले बताएका छन् ।

    images
    images
    images

    सुरुङभित्र कामका चरण फरक भएकाले खनिएको दूरीमा पनि फरक देखिएको सांसद न्यौपानेले स्पष्ट पारेका छन् । उनका अनुसार माथिल्लो भागमा सेनाले हातैले १०५ मिटरभन्दा बढी खनेको छ भने उत्खनन उपकरणबाट ८० मिटरभन्दा बढी सुरुङ खनिएको छ । तल्लो भागमा जमेको लेदो हटाएर ७० मिटरभन्दा बढी सफा गरिएको छ ।

    images
    images
    images

    चिलिमेको सुरुङमा उद्धारको लागि नेपाली सेना, भारतीय सेना, आयोजनाका प्राविधिकसहितको टोलीले संयुक्तरुपमा काम गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।