Logo

२०८३, आश्विन १०गते


images
images

सशस्त्र प्रहरीलाई थप तालिम र स्रोतसाधन सम्पन्न बनाउन गृहसचिव शर्माको निर्देशन

सशस्त्र प्रहरीलाई थप तालिम र स्रोतसाधन सम्पन्न बनाउन गृहसचिव शर्माको निर्देशन

images
  • सशस्त्र प्रहरीलाई थप तालिम र स्रोतसाधन सम्पन्न बनाउन गृहसचिव शर्माको निर्देशन
    images
    images

    काठमाडौँ । गृहसचिव केदारनाथ शर्माले कठिन भौगोलिक क्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीलाई समयसापेक्ष तथा संवेदनशील विषयका थप तालिम प्रदान गरी आवश्यक स्रोतसाधन सम्पन्न बनाउनुपर्ने बताएका छन् ।

    images
    images
    images

    सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय निरीक्षणका क्रममा उनले विपद्को जोखिम बढ्दै गएकाले आवश्यक जनशक्ति, पूर्वतयारी र स्रोतसाधन व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिएका थिए ।

    images
    images
    images

    सीमा सुरक्षामा खटिएका कर्मचारीले स्थानीयसँगको सम्बन्ध सुमधुर बनाउँदै सीमा अपराध र अवैध कारोबार नियन्त्रणमा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।

    images
    images
    images

    शर्माले सुरक्षा निकायबीच सूचना आदानप्रदान र समन्वय थप प्रभावकारी बनाउनुपर्ने बताउँदै सशस्त्र प्रहरीसँग सम्बन्धित कानुनी तथा संगठनात्मक कमजोरी सुधारका प्रस्ताव मन्त्रालयमा पठाउन निर्देशन दिएका थिए ।

    निरीक्षणका क्रममा उनले सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा प्रयोग गर्दै आएका उद्धार उपकरण तथा ड्रोनलगायत सामग्रीको समेत अवलोकन गरेका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।