Logo

२०८३, आश्विन १०गते


images
images

उदयपुरका वन अधिकृतविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

उदयपुरका वन अधिकृतविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

images
  • उदयपुरका वन अधिकृतविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर
    images
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख वन अधिकृत भुवन पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    आयोगका अनुसार पौडेलले सामुदायिक वन उपभोक्ता समितिको काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेका थिए । आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले पौडेललाई सेवाग्राहीबाट उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

    images
    images
    images

    अनुसन्धानबाट पौडेलले आफ्नो पदीय जिम्मेवारी पूरा गर्नुपर्ने काममा सेवाग्राहीलाई अनावश्यक दुःख दिँदै घुस लिएको पुष्टि भएको आयोगको दाबी छ ।

    images
    images
    images

    आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम १५ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगो बराबर जरिवाना मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।