Logo

२०८३, आश्विन ९गते


images
images

सिनेमा

बक्स अफिसमा कुन फिल्मले कति कमाए ?

बक्स अफिसमा कुन फिल्मले कति कमाए ?

images
  • बक्स अफिसमा कुन फिल्मले कति कमाए ?
    images
    images

    काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

    images
    images
    images

    चलचित्र विकास बोर्डले सार्वजनिक गरेको भदौ २८ गते आइतबारसम्मको चलचित्र गौथली, पार्वती र तिनीहरु इलेफेन्ट इन द फगको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । 

    images
    images
    images

    जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ९३ लाख ७४ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ४० हजार ५६२ टिकट बिक्री गरेको छ ।

    images
    images
    images

    त्यसैगरी भदौ १२ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पार्वतीले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । चलचित्रले अहिलेसम्म २ करोड ५ लाख ८५ हजार कमाई गरेको छ भने अहिलेसम्म ७३ हजार २२३ टिकट विक्री भएका छन् ।

    त्यस्तै अन्तर्राष्ट्रियरुपमा चर्चामा आएको तिनीहरु इलेफेन्ट इन द फगले अहिलेसम्म ८५ लाख ९५ हजार कमाइ गरेको छ । यस चलचित्रले २४ हजार ४८६ टिकट बिक्री गरेको छ ।

    यो फिल्मलाई नेपालबाट आउदो ओस्कारका लागि समेत सिफारिस गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।