Logo

२०८३, आश्विन ९गते


images
images

आज अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस : हरेक आवाजको सम्मानमा जोड

आज अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस : हरेक आवाजको सम्मानमा जोड

images
  • आज अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस : हरेक आवाजको सम्मानमा जोड
    images
    images

    काठमाडौं । आज सेप्टेम्बर १५ मा अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस मनाइँदैछ । यस वर्षको दिवसले निर्णय प्रक्रियामा सबै नागरिकको सहभागिता र आवाजको सम्मान गर्दै समावेशी तथा उत्तरदायी शासन प्रणाली निर्माणमा जोड दिएको छ ।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समाजका विभिन्न समूहलाई निर्णय प्रक्रियामा सहभागी गराउँदा विश्वास बढ्ने र शान्तिपूर्ण तथा समावेशी समाज निर्माणमा सहयोग पुग्ने बताएका छन् ।

    images
    images
    images

    सन् २००७ मा संयुक्त राष्ट्रसंघको महासभाले अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस घोषणा गरेको थियो । यस दिवसले लोकतन्त्र, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र नागरिक सहभागिताको महत्वबारे जनचेतना बढाउने उद्देश्य राख्छ ।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघले लोकतन्त्रलाई बलियो बनाउन नागरिक समाज, सञ्चारमाध्यम, युवा तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ । साथै, अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारभूत अधिकार भएकाले यसको संरक्षणमा जोड दिइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लोकतन्त्र दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।