Logo

२०८३, आश्विन ३गते


images
images

अपराध

कटुवा पेस्तोलसहित रुपन्देहीबाट दुई जना पक्राउ

कटुवा पेस्तोलसहित रुपन्देहीबाट दुई जना पक्राउ

images
  • कटुवा पेस्तोलसहित रुपन्देहीबाट दुई जना पक्राउ
    images
    images

    रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका-६, नारायणपुरबाट प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। 

    images
    images
    images

    नारायणपुरस्थित अमन कुमार धवलको घरमा कटुवा पेस्तोल लुकाइछिपाइ राखिएको गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको संयुक्त प्रहरी टोलीले धवलको घरमा रीतपूर्वक खानतलासी गर्दा पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    खानतलासीका क्रममा एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने २५ राउण्ड छर्रा बरामद भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    बरामद हातहतियारसहित पक्राउ पर्नेमा २३ वर्षीय अमन कुमार धवल र २० वर्षीय सुनिल केवट रहेका छन् । । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।