काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाका उपाध्यक्ष अन्जु नाछिरिङ राई र सुनिल नाछिरिङ राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन भएको ९० कार्यदिनको ढाका सिलाइ–बुनाइ तालिममा प्रशिक्षकको रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ घुस मागेकी थिइन्। उक्त रकम छोरा सुनिल नाछिरिङ राईको बैंक खातामा रहेको क्यूआर संकेतमार्फत जम्मा गर्न लगाएको आरोप छ ।
अनुसन्धानका क्रममा उपाध्यक्ष अन्जु नाछिरिङ राईले आफ्नो पदको दुरुपयोग गरी प्रशिक्षकको काम दिलाएबापत घुस लिएको र सुनिलले उक्त रकम लिन तथा उपलब्ध गराउन सहयोग गरेको पुष्टि भएको आयोगको दाबी छ ।
आयोगले दुवै जनाविरुद्ध ४५ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology