Logo

२०८३, आश्विन ९गते


images
images

वामपन्थी दलहरूको भूमिकाबारे बुटवलमा विचार गोष्ठि हुँदै, भीम रावलले सम्बोधन गर्ने

वामपन्थी दलहरूको भूमिकाबारे बुटवलमा विचार गोष्ठि हुँदै, भीम रावलले सम्बोधन गर्ने

images
  • वामपन्थी दलहरूको भूमिकाबारे बुटवलमा विचार गोष्ठि हुँदै, भीम रावलले सम्बोधन गर्ने
    images
    images

    बुटवल । बुटवलमा ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक लुम्बिनी प्रदेशस्तरीय विचार गोष्ठि हुने भएको छ । संविधान दिवसको अवसरमा शनिबार बुटवलको योगिकुटीस्थित सिद्धार्थ कटेजमा हुने गोष्ठिमा नेकपाका नेता भीम रावल प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् ।

    images
    images
    images

    पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको गोष्ठिमा नेकपाका नेता चक्रपाणी खनाल, नेकपा एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलम, क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य कृष्ण पौडेल, वाम बुद्धिजीवी घनश्याम पाठक र पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले सम्बोधन गर्ने जनाइएको छ ।

    images
    images
    images

    पुष्पलाल स्मृति दिवसको सन्दर्भमा बदलिएको राजनीतिक परिदृश्यमा वामपन्थी एकता र लोकतान्त्रिक शक्तिबीच सहकार्यको विषयमा छलफल गर्न देशभर विचार गोष्ठि आयोजना गरिएको केन्द्रका अध्यक्ष खतिवडाले बताए ।

    images
    images
    images

    "कम्युनिष्ट शक्तिलाई वैचारिक रूपमा जोड्ने उद्देश्यले लुम्बिनीमा पनि कार्यक्रम आयोजना गरिएको हो ।" उनले भने, "कम्युनिष्टहरूबीच एकता र सहकार्य हुन नसके मुलुक दीर्घकालीन संकटतर्फ जान सक्ने पक्का छ ।"

    पुष्पलाल मित्रता केन्द्रले साउन ७ गते बागमती प्रदेशबाट यो अभियान सुरु गरेको थियो । बागमतीमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका थिए ।

    त्यसपछि कर्णाली प्रदेशको सुर्खेतमा देव गुरुङ, सुदूरपश्चिमको धनगढीमा नारायणकाजी श्रेष्ठ, मधेश प्रदेशको जनकपुरमा माधवकुमार नेपाल, कोशी प्रदेशको इटहरीमा राजेन्द्रप्रसाद पाण्डे र गण्डकी प्रदेशको पोखरामा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

    कार्यक्रमले वामपन्थी तथा लोकतान्त्रिक शक्तिबीच वैचारिक छलफल र सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्य राखिएको नेकपा लुम्बिनी संयोजक अब्दुल हुसेनले बताए ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।