Logo

२०८३, आश्विन ९गते


images
images

प्रधानमन्त्री शाहले असोज ६ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री शाहले असोज ६ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

images
  • प्रधानमन्त्री शाहले असोज ६ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
    images
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते (सेप्टेम्बर २२) मा अमेरिकाको न्यूयोर्क जाने भएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री शाहले असोज ८ गते (सेप्टेम्बर २४) मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव अन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।

    images
    images
    images

    परराष्ट्रमन्त्री शिशिर खनाल भने सेप्टेम्बर २० मै न्यूयोर्क जानेछन् । उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, सहायक कार्यक्रम तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाउनेछन् । साथै, समकक्षी तथा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    images
    images
    images

    नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्याञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।

    प्रधानमन्त्री शाह असोज १० गते (सेप्टेम्बर २६) मा काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।