Logo

२०८३, आश्विन ३गते


images
images

शिक्षा

लुम्बिनी शिक्षा निकेतनको नयाँ सञ्चालक समिति सर्वसम्मत चयन

लुम्बिनी शिक्षा निकेतनको नयाँ सञ्चालक समिति सर्वसम्मत चयन

images
  • लुम्बिनी शिक्षा निकेतनको नयाँ सञ्चालक समिति सर्वसम्मत चयन
    images
    images

    रुपन्देही । लुम्बिनी शिक्षा निकेतन, मायादेवी-४, रुपन्देहीको २१औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनले नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।

    images
    images
    images

    अधिवेशनबाट गोविन्दप्रसाद उपाध्याय ज्ञवाली, पिताम्बर न्यौपाने, नसिम अख्तर खाँ, शेखर कार्की, मिथुन मान श्रेष्ठ र शक्तिधर यादव सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी सन्तकुमार यादव लेखा समिति संयोजकमा निर्वाचित भएका छन् ।

    images
    images
    images

    वार्षिक साधारण सभा अध्यक्षको वार्षिक प्रतिवेदन, प्रबन्ध निर्देशकको आर्थिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमाथि सेयर सदस्यहरूले छलफल गरेपछि तीनवटै प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरिएको विद्यालयका प्रिन्सिपल नामदेव अर्यालले जानकारी दिए । 

    images
    images
    images

    साधारण सभा समापनका क्रममा अध्यक्ष ज्ञवालीले विद्यालयको विगतको प्रगति, वर्तमान अवस्था तथा आगामी दिनमा शैक्षिक गुणस्तर, व्यवस्थापन र उपलब्धि थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए।

    अधिवेशन तथा निर्वाचनका लागि सेयर सदस्य विजय पाण्डेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचन मण्डलमा संस्थाका सल्लाहकार राजेश ढकाल र विद्यालयका प्रिन्सिपल अर्याल सदस्य रहेका थि ए।

    निर्वाचन मण्डलका संयोजक पाण्डेले नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू र लेखा समिति संयोजकलाई पद तथा जिम्मेवारीप्रति प्रतिबद्ध रहने गरी सामूहिक रूपमा शपथ ग्रहण गराएका थिए ।

    अधिवेशनमा विद्यालयका २४ शेयर सदस्यमध्ये १९ जनाको उपस्थिति रहेको थियो । नयाँ सञ्चालक समितिको चयनसँगै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सुदृढीकरण, पारदर्शी व्यवस्थापन तथा दीर्घकालीन विकासका लागि थप सहकार्य र एकताको वातावरण बन्ने अपेक्षा गरिएको छ ।

    संस्थाका अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीको अध्यक्षता र सेयर सदस्य लिलामणि पाण्डेको सञ्चालनमा कार्यक्रम भएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।