Logo

२०८३, आश्विन ९गते


images
images

ग्रीनप्लान्टमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत

ग्रीनप्लान्टमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत

images
  • ग्रीनप्लान्टमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत
    images
    images

    सुनवल । देवदह–७, खैरेनीस्थित ग्रीनप्लान्ट आवासीय माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ ।

    images
    images
    images

    शनिबार सुनवलस्थित होटल रिवर्नमा आयोजित कार्यक्रममा कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेका हुन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल राजीव सापकोटाले ग्रीनप्लान्टले देशमै उत्कृष्ट नतिजा ल्याउँदै आएको बताए । उनले लगनशीलता, अनुशासन र उत्कृष्ट नतिजा ग्रीनप्लान्टको पहिचान भएको बताए ।

    images
    images
    images

    ‘लगनशीलता, अनुशासन र उत्कृष्ट नतिजा ग्रीनप्लान्टको पहिचान हो । यसलाई नवआगन्तुक विद्यार्थीहरूले पनि निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएका छौँ’, उनले भने ।

    विद्यार्थी सागर चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा विनिता क्षेत्रीले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन गणेश भण्डारी र रश्मि मल्लले गरेका थिए । समृद्धि क्षेत्रीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

    कार्यक्रममा विद्यालयका अध्यक्ष विष्णु प्रसाद पोखरेललगायतको उपस्थिति रहेको विद्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ग्रीनप्लान्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।