काठमाडौं , आज विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक हेनरी ड्युनाको एक सय ९२ औँ जन्म दिवसका अवसरमा विश्वभरि यो दिवस मनाइँदैछ ।
दिवसका अवसरमा नेपालमा पनि कोभिड १९ तथा लकडाउनको बेला सेवा प्रवाहमा खटिएका स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरी ताली बजाउनुहोस् भन्ने नाराका साथ मनाइँदैछ । यस वर्ष विश्व रेडक्रस दिवस २०२१ को अवसरमा फोटो प्रतियोगिता आयोजना गरिएको छ ।
रेडक्रसको संस्था अहिले एक सय ९२ देशमा छ ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापा, नेपालमा रहेको रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घको कार्यालय प्रमुख हर्भे गाजेउ र रेड क्रसको अन्तर्राष्ट्रिय समितिको नेपाल मिसन प्रमुख जेरोम इम्स्टेम्फले ऐक्यबद्धतामा भिडियो सन्देशमार्फत् स्वयंसेवक, रक्तदाता, सहयोगी सबैलाई ताली बजाएर आभार व्यक्त गर्नुभएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology