Logo

२०८३, आश्विन ९गते


images
images

समाज

अपाङ्ग समाज सेवा केन्द्र देवदहको अध्यक्षमा बलराम चापागाई

अपाङ्ग समाज सेवा केन्द्र देवदहको अध्यक्षमा बलराम चापागाई

images
  • अपाङ्ग समाज सेवा केन्द्र देवदहको अध्यक्षमा बलराम चापागाई
    images
    images

    देवदह । अपाङ्ग समाज सेवा केन्द्रको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले बलराम चापागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

    images
    images
    images

    ९ सदस्यिय समितिको उपाध्यक्षमा धर्मप्रसाद सापकोटा, सचिवमा रुविना विक, सह सचिवमा तुलबहादुर सुनार र कोषाध्यक्षमा आकाश मल्ल रहेका छन् । त्यस्तै सदस्यहरुमा राधा लामिछाने, राजकुमार चौधरी बैजन्ती चौधरी र नोमाकान्त न्यौपाने रहेका छन् । 

    images
    images
    images

    अधिवेशन बन्दसत्रको लागि गठिन चेतप्रसाद बस्याल संयोजकत्वको निर्वाचन मण्डलले सुन्दर विकको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा लीलमाया गुरुङ्ग र रिमबहादुर थापा रहेका छन् । 

    images
    images
    images

    यसअघि अधिवेसनको उद्घाटन गर्दै देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले स्थानीय तहले अपाङ्गता भएका व्यक्तिका लागि चार प्रकारका परिचयपत्र वितरण गर्दै आएको जानकारी दिइन् । रातो र निलो कार्ड प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिले नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था रहेको उनले बताइन् ।

    अटिजम भएका बालबालिकाको हेरचाह र व्यवस्थापनका लागि छुट्टै संस्था स्थापना गर्ने विषयमा समेत छलफल भइरहेको बताउँदै गुरुङले त्यसको लागि आवश्यक तैयारी भइरहेको समेत जानकारी दिईन् ।

    कार्यक्रममा नयाँ जीवनका लागि हातेमालो संस्थाका कार्यालय प्रमुख मना पाण्डेले पछिल्लो समय अटिजम भएका बालबालिकाको संख्या बढ्दो रूपमा देखिएकाले उनीहरूको उचित व्यवस्थापन र हेरचाहका लागि आवश्यक संरचना निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

    अपाङ्ग बाल अस्पतालका प्रदेश इन्चार्ज लेखनाथ आचार्य, जीवन प्रसाद काफ्ले, अन्जु श्रेष्ठ लगाएतले बोल्दै समाजमा अपाङ्गता भएका व्यक्तिलाई हेर्ने नकारात्मक दृष्टिकोण परिवर्तन आवश्यक रहेको बताए । उनीहरुले अपाङ्गता भएका व्यक्तिलाई सम्मानपूर्वक समाजमा बाँच्न पाउनुपर्ने वातावरण निर्माण गर्न सबै पक्षको भूमिका आवश्यक रहेको धारणा राखे । 

    संस्थाका अध्यक्ष बालकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष बलराम चापागाईंको स्वागत र रुविना विकको सञ्चालनमा भएको कार्यक्रमका सहभागी वक्ताहरूले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न राज्य, स्थानीय तह, सामाजिक संघसंस्था तथा समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।