Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

images
  • परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान
    images
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।

    images
    images
    images

    महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउन मन्त्री खनाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्क प्रस्थान गरेका हुन् ।

    images
    images
    images

    उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, सहायक कार्यक्रम तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाउनेछन् । साथै, समकक्षी तथा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    images
    images
    images

    महासभालाई प्रधानमन्त्री बालेन्द्र शाहले असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    त्यसका लागि प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते (सेप्टेम्बर २२) मा अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।