Logo

२०८३, आश्विन ९गते


images
images

अपराध

बारामा चक्कु प्रहारबाट एक जनाको मृत्यु, ६ जना पक्राउ

बारामा चक्कु प्रहारबाट एक जनाको मृत्यु, ६ जना पक्राउ

images
  • बारामा चक्कु प्रहारबाट एक जनाको मृत्यु, ६ जना पक्राउ
    images
    images

    बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित सम्झना स्टाफ होटलमा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार असोज ३ गते साँझ करिब ५: ३० बजे जितपुरसिमरा-१६ का २२ वर्षीय आयुष राईले होटलमा रहेका ३५ वर्षीय शेरबहादुर खड्कालाई चक्कु प्रहार गरेका थिए । घाँटीमा चोट लागेका खड्काको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा साँझ ६ः४० बजे मृत्यु भएको हो ।

    images
    images
    images

    घटनापछि फरार भएका राईलाई प्रहरीले राति करिब १० बजे जितपुरसिमरा-१६ महेन्द्रनगरस्थित धानबारीबाट पक्राउ गरेको जनाएको छ ।

    images
    images
    images

    घटनामा संलग्न रहेको आशंकामा बिन्दु तामाङ, रामबहादुर तिमिल्सिना, रत्न पाख्रिन तामाङ, शान्ति राई र सीता थापा मगरलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ परेकाहरूमाथि ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय सिमराले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चक्कु प्रहार
  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।