Logo

२०८३, आश्विन ९गते


images
images

सीपीएल

एन्टिगा एन्ड बारबुडा फाल्कन्सले जित्यो पहिलो सीपीएल उपाधि

एन्टिगा एन्ड बारबुडा फाल्कन्सले जित्यो पहिलो सीपीएल उपाधि

images
  • एन्टिगा एन्ड बारबुडा फाल्कन्सले जित्यो पहिलो सीपीएल उपाधि
    images
    images

    काठमाडौँ । एन्टिगा एन्ड बारबुडा फाल्कन्सले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनलमा प्रतियोगिताको पहिलोपटक फाइनल पुगेको जमैका किङ्समेनलाई आठ विकेटले पराजित गर्दै फाल्कन्सले आफ्नो तेस्रो सिजनमै पहिलो उपाधि जितेको हो ।

    images
    images
    images

    पहिले ब्याटिङ गरेको जमैका किङ्समेनले माज सादाकतको ११४ रनको उत्कृष्ट इनिङ्सका बाबजुद २० ओभरमा ९ विकेट गुमाएर १७० रन बनाएको थियो । सादाकतले ५८ बलमा नौ छक्का र आठ चौकासहित ११४ रन बनाए । तर अन्य ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोली ठूलो योगफल बनाउनबाट रोकिएको थियो । फाल्कन्सका सफियान मोकिमले चार विकेट लिएका थिए ।

    images
    images
    images

    १७१ रनको लक्ष्य पछ्याएको फाल्कन्सले १६ ओभर ४ बलमै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । अमिर जाङ्गु र हसन नवाजले अविजित ८९ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । जाङ्गुले अविजित ५७ तथा नवाजले अविजित ४७ रन बनाए ।

    images
    images
    images

    यसअघि रहकीम कर्नवालले सुरुआती ओभरमै दुई चौका र दुई छक्का प्रहार गर्दै २० रन जोडेर फाल्कन्सलाई आक्रामक सुरुआत दिलाएका थिए । दोस्रो विकेटका लागि एभिन लुइस र जाङ्गुले ६४ रनको साझेदारी गरेपछि फाल्कन्सले खेलमा पूर्ण नियन्त्रण बनाएको थियो । प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित शादाब खानले फाल्कन्सका लागि १३२ रन बनाउनुका साथै ११ विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।