बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले असार १२ गते आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको मुख्यमन्त्री स्रोतको दावी छ ।
जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।
छानविन समितिलाई सघाउन भनेर उनले राजीनामा दिएको मुख्यमन्त्री स्रोतको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology