Logo

२०८३, आश्विन ९गते


images
images

कलिवुड

बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर, कति कमाए ?

बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर, कति कमाए ?

images
  • बक्स अफिसमा बेहुली र पेन्सन पट्टाको टक्कर, कति कमाए ?
    images
    images

    काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज ४ आइतबारसम्मको चलचित्र गौथली, पेन्सन पट्टा, बेहुली, पार्वती र तिनीहरु इलेफेन्ट इन द फगको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । 

    images
    images
    images

    जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ९४ लाख ७३ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ४० हजार ९१५ टिकट बिक्री गरेको छ ।

    images
    images
    images

    त्यसैगरी भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पेन्सन पट्टाले अहिलेसम्म ३ करोड ७९ लाख ७६ हजार कमाई गरेको छ भने यस चलचित्रका एक लाख २९ हजार ११८ टिकट विक्री भएका छन् । त्यस्तै, भदौं २६ गतेदेखि नै प्रदर्शनमा आएको चलचित्र बेहुलीले २ करोड ६८ लाख २८ हजार कमाई गरेको छ भने यस चलचित्रका ९४ हजार ८८५ टिकट विक्री भएको छ । 

    images
    images
    images

    त्यस्तै भदौ १२ गतेदेखि प्रदर्शनमा आएको पार्वतीले बक्स अफिसमा अहिलेसम्म २ करोड २४ लाख ३१ हजार कमाई गरेको छ भने अहिलेसम्म ७९ हजार ८४६ टिकट विक्री भएका छन् ।

    त्यस्तै अन्तर्राष्ट्रियरुपमा चर्चामा आएको तिनीहरु इलेफेन्ट इन द फगले अहिलेसम्म एक करोड १६ लाख ५४ हजार कमाइ गरेको छ । यस चलचित्रले ३३ हजार १३६  टिकट बिक्री गरेको छ । यो फिल्मलाई नेपालबाट आउदो ओस्कारका लागि समेत सिफारिस गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।