Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

गोरखाबाट दुई माओवादी कार्यकर्ता चन्दा असुली गर्दैगर्दा पक्राउ

गोरखाबाट दुई माओवादी कार्यकर्ता चन्दा असुली गर्दैगर्दा पक्राउ

images
  • गोरखाबाट दुई माओवादी कार्यकर्ता चन्दा असुली गर्दैगर्दा पक्राउ
    images
    images

    गोरखा । गोरखाको शहीद लखन गाउँपालिका-१ बक्राङबाट चन्दा असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार रामलक्ष्मण सामुदायिक वनका सचिव रामबहादुर भुजेललाई आफूहरू नेपाल कम्युनिष्ट पार्टी माओवादीका कार्यकर्ता भएको बताउँदै डर, धाकधम्की दिई पार्टीको लेटरप्याडमार्फत चन्दा मागिएको सूचना प्राप्त भएको थियो ।

    images
    images
    images

    सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी सहायक निरीक्षक ईश्वर बाचे मगरको नेतृत्वमा खटिएको टोलीले पालुङटार नगरपालिका-७ च्याङ्लीका ३८ वर्षीय अमृत सापकोटा र मोरङको मिक्लाजुङ गाउँपालिका-९ का ३८ वर्षीय राजकुमार माझीलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    उनीहरूको साथबाट २० हजार रुपैयाँ नगद, नेपाल कम्युनिष्ट पार्टी माओवादीको छाप एक थान, रसिद प्याड दुई थान तथा पर्चा-पम्प्लेट ५० थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।