Logo

२०८३, आश्विन ९गते


images
images

देवदह कांग्रेसमा वडा तहमा सर्वसम्मति, नगर नेतृत्वमा पनि सहमतिको प्रयास

देवदह कांग्रेसमा वडा तहमा सर्वसम्मति, नगर नेतृत्वमा पनि सहमतिको प्रयास

images
  • देवदह कांग्रेसमा वडा तहमा सर्वसम्मति, नगर नेतृत्वमा पनि सहमतिको प्रयास
    images
    images

    देवदह । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देवदहका १२ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । आइतबार एकै दिन सबै वडाको अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस रुपन्देही-१ प्रतिनिधिसभा क्षेत्रीय समिति सभापति हिराबहादुर खत्रीले जानकारी दिए ।

    images
    images
    images

    ‘देवदहमा नेपाली कांग्रेसले ऐतिहासिक वडा अधिवेशन गरेको छ । सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ,’ खत्रीले भने, ‘यसले पार्टी अझै एकताबद्ध भएको सन्देश दिएको छ ।’

    images
    images
    images

    निर्वाचित वडा सभापतिहरूमध्ये वडा नम्बर १ मा आविद अली ‘फकिर’, वडा नम्बर २ मा नरेन्द्रराज गिरी, वडा नम्बर ३ मा थमबहादुर बुढाथोकी र वडा नम्बर ४ मा कुलबहादुर खवास चयन भएका छन् ।

    images
    images
    images

    त्यस्तै वडा नम्बर ५ मा दुर्गाप्रसाद बस्याल, वडा नम्बर ६ मा रामचन्द्र पौडेल, वडा नम्बर ७ मा किशनबहादुर थापा, वडा नम्बर ९ मा कृष्णमाया राना, वडा नम्बर १० मा दिलबहादुर थापा, वडा नम्बर ११ मा बल्किशुन पासी र वडा नम्बर १२ मा दूधनाथ यादव वडा सभापतिमा निर्वाचित भएका छन् ।

    वडा अधिवेशनसँगै अब नेपाली कांग्रेस देवदहको ध्यान नगर अधिवेशनतर्फ केन्द्रित भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । 

    क्षेत्रीय सभापति खत्रीले वडा अधिवेशनमा देखिएको सर्वसम्मतिको वातावरणलाई नगर अधिवेशनमा पनि निरन्तरता दिइने बताए ।

    ‘असोज ७ गते हुने नगर अधिवेशनबाट पनि सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भन्ने सन्देश १२ वटै वडाले दिएका छन्,’ खत्रीले भने, ‘सोहीअनुसार सबैलाई मिलाएर नेतृत्व चयनको वातावरण बनाइनेछ ।’

    देवदह नगर सभापतिका लागि हालका उपसभापति अमर लामिछाने, हालका सचिव नेत्र रिजाल, यसअघि सभापतिमा पराजित झविन्द्र पाण्डे र यसअघि सचिवमा पराजित टिकाराम खनाल 'भरत' लगायतको नाम चर्चामा रहेको कांग्रेस नेताहरू बताउँछन् ।

    कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर वडा अधिवेशनबाट वडा कार्यसमिति तथा माथिल्लो तहका लागि क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रक्रिया अघि बढेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ र ४ गतेका लागि वडा अधिवेशनको कार्यक्रम तय गरिएको थियो । 

    केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म हुने तय गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।