Logo

२०८३, आश्विन ९गते


images
images

क्रिकेट

वेस्टइन्डिज क्रिकेटमा आर्थिक संकट: खेलाडीको पारिश्रमिकमा कटौती, दुई घरेलु प्रतियोगिता स्थगित

वेस्टइन्डिज क्रिकेटमा आर्थिक संकट: खेलाडीको पारिश्रमिकमा कटौती, दुई घरेलु प्रतियोगिता स्थगित

images
  • वेस्टइन्डिज क्रिकेटमा आर्थिक संकट: खेलाडीको पारिश्रमिकमा कटौती, दुई घरेलु प्रतियोगिता स्थगित
    images
    images

    काठमाडौँ । वेस्टइन्डिज क्रिकेट बोर्डले आर्थिक संकटका कारण आफ्ना क्रिकेटरको पारिश्रमिकमा २५ प्रतिशत कटौती गरेको छ । बोर्डले खर्च घटाउने उद्देश्यले यस वर्षको पुरुष सुपर-५० र महिला टी-२० ब्लेज प्रतियोगितासमेत स्थगित गरेको छ ।

    images
    images
    images

    मिडिया रिपोर्टका अनुसार घरेलु खेलाडीको सम्झौता अवधि घटाएर सात महिनामा सीमित गरिएको छ । अन्तर्राष्ट्रिय खेलाडीका लागि भने १२ महिनाको पारिश्रमिक सम्झौता यथावत् रहनेछ ।

    images
    images
    images

    वेस्टइन्डिज क्रिकेटका प्रमुख कार्यकारी क्रिस डेहरिङले बोर्डले आर्थिक, विकास र प्रतिस्पर्धात्मक क्षेत्रमा विभिन्न चुनौती सामना गरिरहेको बताएका छन् । उनले पारिश्रमिक कटौती आदर्श निर्णय नभए पनि आर्थिक स्थायित्वका लागि आवश्यक रहेको बताएका छन् ।

    images
    images
    images

    डेहरिङका अनुसार पछिल्लो १५ वर्षमा क्रिकेट वेस्टइन्डिजले घरेलु हवाई यात्रामा ८ करोड अमेरिकी डलर खर्च गरेको छ । तर त्यसबापत बोर्डले कुनै प्रायोजन प्राप्त नगरेको उनको भनाइ छ । यात्रा र बसोबासमा हुने खर्चले बोर्डमाथि आर्थिक दबाब बढाएको उनले बताएका छन् ।

    आर्थिक संकटबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले क्रिकेट वेस्टइन्डिजलाई १ करोड ६० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । तर उक्त रकम प्राप्त गर्न बोर्डले परिषद्ले तोकेका आवश्यक मापदण्ड पूरा गर्नुपर्नेछ ।

    स्थगित गरिएका सुपर-५० र टी-२० ब्लेज प्रतियोगिताको सट्टा सन् २०२८ को लस एन्जलस ओलम्पिकका लागि पुरुष र महिला क्रिकेटको छनोट प्रतियोगिता आयोजना गर्ने निर्णय बोर्डले गरेको छ ।

    वेस्टइन्डिज क्रिकेटले विश्वभर भइरहेका आकर्षक टी-२० फ्रेन्चाइज प्रतियोगिताका कारण खेलाडीलाई राष्ट्रिय टोलीसँग जोडिराख्ने चुनौती पनि सामना गर्दै आएको छ । पारिश्रमिकमा कटौतीपछि खेलाडीलाई केन्द्रीय सम्झौतामा टिकाइराख्ने चुनौती थप बढ्न सक्ने देखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।