Logo

२०८३, आश्विन ११गते


images
images

कांग्रेसको वडा अधिवेशन सकियो, क्षेत्रीय अधिवेशन जारी

कांग्रेसको वडा अधिवेशन सकियो, क्षेत्रीय अधिवेशन जारी

images
  • कांग्रेसको वडा अधिवेशन सकियो, क्षेत्रीय अधिवेशन जारी
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा अधिवेशन प्रक्रिया अघि बढेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन हुँदैछ ।

    images
    images
    images

    महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ तथा नगर अधिवेशन पनि जारी रहेको कांग्रेसले जनाएको छ ।

    images
    images
    images

    यसक्रममा असोज १० देखि १३ गतेसम्म प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन जारी रहेका छन् भने मनाङ, मुस्ताङ र बैतडीमा सम्पन्न भइसकेका छन् ।

    images
    images
    images

    त्यसैगरी संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रोल्पा, रुकुम पश्चिम, जुम्ला, डोटी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरमा अधिवेशनको उद्घाटन सत्र सुरु भई निर्वाचन प्रक्रिया चलिरहेको कांग्रेसले जनाएको छ ।

    कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा विभिन्न तहका अधिवेशनमार्फत प्रतिनिधि चयन तथा नेतृत्व छनोटको प्रक्रिया अघि बढिरहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।