काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाको सपथ ग्रहण तथा पदबहाली फूलपातीका दिन हुने भएको छ ।
महाधिवेशनको मतगणना आज दिउँसो सम्पन्न भएपछि थापाको सपथ ग्रहण तथा पदबहाली दशैँको सातौँ दिन फूलपातीका अवसरमा अपराह्न २ बजे गर्ने निश्चित भएको नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा हुने समारोहमा सहभागी हुन उपत्यकामा रहेका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई उपस्थित हुन कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आग्रह गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology