Logo

२०८३, आश्विन ११गते


images
images

सडक अवरुद्ध

लगातार वर्षापछि बीपी राजमार्गसहित काभ्रेका विभिन्न सडक अवरुद्ध

लगातार वर्षापछि बीपी राजमार्गसहित काभ्रेका विभिन्न सडक अवरुद्ध

images
  • लगातार वर्षापछि बीपी राजमार्गसहित काभ्रेका विभिन्न सडक अवरुद्ध
    images
    images

    काभ्रे । लगातारको वर्षाका कारण काभ्रेका विभिन्न स्थानमा सडक भासिने, कटान हुने तथा पहिरो खस्ने क्रम बढेपछि बीपी राजमार्गसहित विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

    images
    images
    images

    बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका-६ चौकीडाँडामा करिब २५० मिटर सडक बगेको छ। यस्तै, रोशी गाउँपालिका-७ घुमाउनेमा सडक कटान भएको छ भने सोही वडाको चारसयमा पहिरो गएको छ ।

    images
    images
    images

    रोशी गाउँपालिका-८ गिम्दीबेँसीमा ढुंगा र लेदोसहित पहिरो खसेको छ। रोशी-११ कालढुंगामा सडक कटान हुनुका साथै पिप्लेमा पहिरो गएको छ। रोशी-१२ माम्तीमा समेत सडक कटान भएको जनाइएको छ । यसैबीच, धुलिखेल नगरपालिका-८ जिपलाइनस्थित अरनिको राजमार्गमा सडक माथिबाट ढुंगा-माटोसहित पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    images
    images
    images

    काभ्रेभञ्ज्याङबाट नमोबुद्ध जाने भित्री सडकखण्ड करिब २५ मिटर भासिएर अवरुद्ध भएको छ। रोशी गाउँपालिका-७ घुमाउनेमा खोलाको पानी बढेर एकतर्फी सञ्चालनका लागि खोलिएको सडकसमेत कटान गरिरहेको प्रहरीले जनाएको छ ।

    त्यस्तै, पनौती नगरपालिका-१० पाटीखर्कदेखि बेथानचोक गाउँपालिका–४ खहरेखोलासम्मको भित्री सडकखण्डमा ठाउँ-ठाउँमा सडक अवरुद्ध भएको छ । काभ्रेमा आज पनि लगातार पानी परिरहेको र सडक खुलाउने समय निश्चित नभएको जनाइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।