Logo

२०८३, आश्विन ११गते


images
images

हिमाल आरोहण

हिम्लुङ हिमाल आधार शिविरमा हिमपहिरो, १० जना सम्पर्कविहीन

हिम्लुङ हिमाल आधार शिविरमा हिमपहिरो, १० जना सम्पर्कविहीन

images
  • हिम्लुङ हिमाल आधार शिविरमा हिमपहिरो, १० जना सम्पर्कविहीन
    images
    images

    काठमाडौँ । पश्चिम नेपालको हिम्लुङ हिमाल आधार शिविरमा आज बिहान ठूलो हिमपहिरो गएको छ। लगातारको वर्षा र भारी हिमपातपछि गएको हिमपहिरोले आधार शिविरमा रहेका पालहरू पुरिएका छन् ।

    images
    images
    images

    अभियान आयोजकका अनुसार हिमपहिरोले आधार शिविरका पालहरू बगाएपछि हिमालयन होलिडेज नेपालका कम्तीमा ८ जना आरोही तथा सहयोगी कर्मचारी र इम्याजिन नेपाल ट्रेक्सका २ जना भान्सा कर्मचारी सम्पर्कविहीन भएका छन् ।

    images
    images
    images

    अभियान आयोजकहरूले उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको जनाएका छन् ।

    images
    images
    images

    एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालका अनुसार हिम्लुङ क्षेत्रमा सञ्चालनमा रहेका अन्य कम्पनीका अधिकांश सदस्य तथा कर्मचारी भने मौसमसम्बन्धी चेतावनीपछि यसअघि नै सुरक्षित रूपमा तल्लो क्षेत्रमा झरिसकेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।