Logo

२०८३, आश्विन १७गते


images
images

अन्तर्राष्ट्रिय

म्यानमारको रखाइनमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यानमारको रखाइनमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

images
  • म्यानमारको रखाइनमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । म्यानमारको रखाइन राज्यस्थित क्याउक्ताव सहरमा भएको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । अराकान आर्मीका अनुसार आक्रमणमा करिब ६० जना घाइते भएका छन्, जसमध्ये २२ जनाको अवस्था गम्भीर रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    आक्रमण किस्सापनादी पुल क्षेत्र र भारतीय बजार वरपर भएको थियो । भग्नावशेषबाट शव निकाल्ने काम जारी रहेकाले मृतकको संख्या ५८ सम्म पुग्न सक्ने स्थानीय स्रोतलाई उद्धृत गर्दै बीबीसी न्युज बर्मीजले जनाएको छ ।

    images
    images
    images

    अराकान आर्मीले आक्रमणका लागि म्यानमारको सेनालाई जिम्मेवार ठहर गर्दै निन्दा गरेको छ र जवाफी कारबाहीको चेतावनी दिएको छ । सेना समर्थक टेलिग्राम च्यानलहरूले भने मृतकहरू अराकान आर्मीका सदस्य भएको दाबी गरेका छन् ।

    images
    images
    images

    यो घटना पछिल्ला महिनामा रखाइन राज्यमा नागरिकमाथि भएका सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।