Logo

२०८३, आश्विन १७गते


images
images

उद्धार

म्यानमारको स्क्यामिङ्ग केन्द्रबाट उद्धार गरिएका ४७ नेपाली आज स्वदेश फर्कदै

म्यानमारको स्क्यामिङ्ग केन्द्रबाट उद्धार गरिएका ४७ नेपाली आज स्वदेश फर्कदै

images
  • म्यानमारको स्क्यामिङ्ग केन्द्रबाट उद्धार गरिएका ४७ नेपाली आज स्वदेश फर्कदै
    images
    images

    काठमाडौँ । विभिन्न प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमारमा पुगेर अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा विभिन्न अनलाईन डेटिङ, अनलाईन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका काममा लगाईएका ४७ नेपाली नागरिकहरूलाई नेपाल फर्काइएको छ ।

    images
    images
    images

    बैंककस्थित नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा उद्धार गरी आज नेपाल एयरलाइन्सबाट ४७ नेपालीलाई नेपाल फर्काइएको हो । 

    images
    images
    images

    उद्धार गरिएका व्यक्तिहरू मध्ये विभिन्न २६ जिल्लाका रहेका छन्, जसमा ४५ जना पुरुष तथा २ जना महिला छन्। जिल्लागत रूपमा हेर्दा चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ, तेह्रथुम जिल्लाका एक एक जना, दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँ जिल्लाका २-२ जना, त्यस्तै, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुर जिल्लाका ३-३ जना तथा झापाका ५ जना रहेका छन्। उनीहरु १७ वर्षदेखि ४१ वर्षसम्मका रहेका छन् । उनीहरु स्क्यामिङ केन्द्रहरूमा दुई महिना देखि १८ महिनासम्म आवद्ध भएको देखिएको छ । 

    images
    images
    images

    उद्धार गरिएका व्यक्तिहरूको भनाई अनुसार निजहरू विभिन्न व्यक्ति, साथीभाई तथा अनलाईन साथी, पबजी लगायतको अनलाईन गेम खेल्ने साथी, सामाजिक सञ्जालको विज्ञापन आदिबाट सम्पर्क गरी त्यहाँ पुगेको देखिएको दुताबासले जानकारी दिएको छ । कुनै कुनै भारतमा अध्ययन गर्दाको साथी मार्फत, कुनै दुवईमा अध्ययन गर्दा तथा काम गर्दा चिनजान भएको साथीमार्फत समेत त्यहाँ पुगेको पाइएको छ ।

    त्यस्तै ह्वाट्सएप, भाईवर, मेसेन्जर, टिकटक, टेलिग्राम लगायतका सामाजिक सञ्जालबाट काठमाण्डौमा घण्टाको यति कमाईन्छ भन्ने रोजगारीको प्रस्ताव आउने, त्यसमा रेस्पोन्स गरेपछि थप सम्पर्क हुँदै जाने र केही समय पछि भ्रमणको लागि आकर्षित मानिने मुलुकमा अफिस, कल सेन्टर, कम्प्युटर अपरेटर, रिसिप्सनिष्ट आदिको काम छ, एक लाखभन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पार्ने गरेको देखिएको र त्यसरी प्रलोभनमा पारेपछि विभिन्न माध्यमबाट स्क्यामिङ्ग केन्द्रहरूमा पुराएको देखिएको दुताबासले उल्लेख गरेको छ । 

    स्क्यामिङ्ग केन्द्रहरूमा पुगेपछि निजहरूलाई केही महिनासम्म आरामदायी किसिमले काम लगाउने, केही समय व्यतित भएपछि कामको निश्चित लक्ष्य दिईने र सो पूरा गर्न नसके अन्य कुनै अपराधको दोष लगाई चरम आर्थिक तथा शारीरिक शोषण गर्ने, निजहरूलाई बन्धक बनाई परिवारबाट फिरौती माग गर्ने, जेल पठाउने, हत्या गर्ने लगायतका यातना समेत भोग्ने गरेको देखिएको छ । 

    दुताबासले कम्बोडिया-थाईल्याण्ड, म्यान्मार-थाईल्याण्ड सीमा तथा लाओसमा स्क्यामिङ केन्द्रहरूमा नेपाली लगायत विभिन्न मुलुकका व्यक्तिहरू अलपत्र पार्ने गरेकोले सतर्क हुन आग्रह गरेको छ । दुताबासले आर्थिक वर्ष २०८०/८१ मा ६८ जना, आर्थिक वर्ष २०८१/८२ मा १५६ जना र चालु आर्थिक वर्षमा हालसम्म सम्म १४१ जना उद्धार गरी नेपाल पठाईएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उद्धार
  • # म्यानमार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।