Logo

२०८३, आश्विन ३गते


images
images

भोटेकोशी बाढी

अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट निःशुल्क यातायात

अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट निःशुल्क यातायात

images
  • अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट निःशुल्क यातायात
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका यात्रुको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सेवा सुरु गरेको छ ।

    images
    images
    images

    शुक्रबार एउटा सवारी साधनबाट सुरु गरिएको सेवामार्फत पहिलो दिन २ बालबालिका, ९ महिला र ८ पुरुष गरी १९ जनालाई काठमाडौँ ल्याइएको महानगरपालिकाले जनाएको छ ।

    images
    images
    images

    शनिबारदेखि सेवामा दुई वटा सवारी साधन परिचालन गरिएको छ । तीमध्ये रसुवादेखि काठमाडौँ यात्रु ओसार्दै आएको ००६ ख ९३३९ नम्बरको १९ सिटे सवारी साधन र छत्रपाटी निःशुल्क चिकित्सालयले महानगरको अनुरोधमा उपलब्ध गराएको ०३० च ७३६४ नम्बरको १० सिटे सवारी साधन रहेका छन् ।

    images
    images
    images

    निःशुल्क सवारी साधन पहिचान गर्न अगाडि र पछाडि व्यानर राखिएको छ भने दुवै सवारी साधनमा नगर प्रहरीसमेत परिचालन गरिएको छ । यात्रुको आवश्यकता बढ्दै गएमा सवारी साधनको संख्या थप गर्ने महानगरपालिकाको योजना छ ।

    सेवामा खटिएका जनशक्तिलाई प्रोत्साहन गर्न महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नवीन मानन्धर र विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले सभागृहमा पुगेर आवश्यक निर्देशन दिएका थिए ।

    यो सेवा नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौँ महानगरपालिकासम्म सञ्चालन हुनेछ । कामको सिलसिलामा रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा पुगेर विपद्का कारण अलपत्र परेका काठमाडौँ फर्कन चाहने व्यक्ति तथा प्रभावित क्षेत्रमा आफन्तको खोजी गर्न काठमाडौँबाट जानुपर्ने व्यक्तिलाई लक्षित गरी सेवा सुरु गरिएको हो । महानगरपालिकाका अनुसार दुवै सवारी साधनले दिनमा दुई पटक यात्रु ओसार्नेछन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।