Logo

२०८३, आश्विन १७गते


images
images

स्वास्थ्य

सुत्केरीको घरमै पुगेर स्वास्थ्य जाँच गर्दै काठमाडौं महानगर

सुत्केरीको घरमै पुगेर स्वास्थ्य जाँच गर्दै काठमाडौं महानगर

images
  • सुत्केरीको घरमै पुगेर स्वास्थ्य जाँच गर्दै काठमाडौं महानगर
    images
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षदेखि आन्तरिक स्रोतबाट सुत्केरी आमा र नवजात शिशुको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ।

    images
    images
    images

    ‘उत्तर प्रसूति स्याहार घरभेट कार्यक्रम’अन्तर्गत सुत्केरी भएको तेस्रो र सातौँ दिनमा स्वास्थ्यकर्मी घरमै पुगेर आमा र नवजात शिशुको स्वास्थ्य जाँच गर्ने र समस्या देखिए आवश्यक व्यवस्थापन गर्नुका साथै थप उपचार आवश्यक परे अस्पताल पठाइने तयारी महानगरले गरेको जनाएको छ ।

    images
    images
    images

    कार्यक्रममा स्वास्थ्य परीक्षणसँगै सुत्केरी आमा र नवजात शिशुको स्याहार, स्वास्थ्यसम्बन्धी परामर्श र आवश्यक जानकारीसमेत दिइनेछ ।

    images
    images
    images

    नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार प्रसूतिपछिको पहिलो दुई दिनमा आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण पाउने दर ७० प्रतिशत छ। स्वास्थ्य संस्थामा प्रसूति भएका महिलामा यो दर ८२ प्रतिशत भए पनि स्वास्थ्य संस्थाबाहिर प्रसूति भएकामा २३ प्रतिशत मात्र छ ।

    महानगरभित्र घरमै सुत्केरी जाँच गराउने महिलाको दर आर्थिक वर्ष २०८०/०८१ मा १.१८ प्रतिशत, २०८१/०८२ मा ११.१८ प्रतिशत र २०८२/०८३ मा ४.७१ प्रतिशत रहेको थियो। घट्दो दरलाई सुधार गर्दै सुत्केरी आमा र नवजात शिशुमा हुने स्वास्थ्य जटिलता कम गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको महानगरले जनाएको छ।

    कार्यक्रम सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरणसमेत दिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौं
  • # सुत्केरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।