Logo

२०८३, आश्विन ३गते


images
images

समाचार

काठमाडौँ महानगरका पूर्वइन्जिनियरसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

काठमाडौँ महानगरका पूर्वइन्जिनियरसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

images
  • काठमाडौँ महानगरका पूर्वइन्जिनियरसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामबाबुविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा यसअघि नै मुद्दा चलाएको थियो ।

    images
    images
    images

    आयोगका अनुसार गैरकानुनी रूपमा आर्जन गरेको रकम लुकाउने, विभिन्न बैंक तथा सहकारीका खातामा जम्मा गर्ने, आफन्तका नाममा जग्गा खरिदमा लगानी गर्ने तथा विभिन्न माध्यमबाट रकमको कारोबार गरी सम्पत्तिको स्रोत परिवर्तन गरेको देखिएको छ । अनुसन्धानबाट कुल ४ करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ बराबरको रकम सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित रहेको दाबी गरिएको छ।

    images
    images
    images

    रामबाबुकी श्रीमती माला कुमारी महतोले पतिले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति भएको जानकारी हुँदाहुँदै त्यसको कारोबार तथा लगानीमा संलग्न भएको आरोप लगाइएको छ। आयोगले रामबाबु र माला दुवैविरुद्ध उक्त बिगो बराबरको रकम कायम गरी दोब्बर जरिवाना र कैद सजायको माग गरेको छ ।

    images
    images
    images

    त्यस्तै, माला कुमारीकी बहिनी रीना कुशवाहा र उनका पति कृष्णप्रसाद मेहताले गैरकानुनी रूपमा आर्जित रकमबाट जग्गा खरिद तथा सम्पत्ति हस्तान्तरणमा सहयोग गरेको आरोप लगाइएको छ । उनीहरूलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय मागदाबी गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।