Logo

२०८३, कार्तिक २२गते


images
images

देवदहमा नेपाल मगर सङ्घद्वारा वलिहाङ पर्व तथा देउसी–भैलो कार्यक्रम

देवदहमा नेपाल मगर सङ्घद्वारा वलिहाङ पर्व तथा देउसी–भैलो कार्यक्रम

images
  • देवदहमा नेपाल मगर सङ्घद्वारा वलिहाङ पर्व तथा देउसी–भैलो कार्यक्रम
    images

    देवदह । नेपाल मगर सङ्घ देवदह नगर समितिको आयोजनामा वलिहाङ पर्व, देउसी–भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    कार्यक्रममा सङ्घका केन्द्रीय समितिका निवर्तमान सहअध्यक्ष दलबहादुर बिरकट्टा मगरले वलिहाङ पर्व मगर समुदायको मौलिक पहिचान, इतिहास, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण पर्व भएको बताए । उनले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो भाषा, भेषभूषा, संस्कार र पुर्खाको इतिहाससँग परिचित गराउनुका साथै समुदायबीच एकता र सद्भाव कायम गर्न सहयोग पुग्ने बताए । मौलिक संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणका लागि सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

    images
    images
    images

    कार्यक्रममा नेपाल मगर सङ्घ केन्द्रीय लेखा समिति सदस्य जसबहादुर पुन मगरसहित विभिन्न तहका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेश प्रमुख कार्यालय सचिव विजय रानालगायतले शुभकामना मन्तव्य राख्दै मगर समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षणमा जोड दिए ।

    images
    images

    कार्यक्रममा वलिहाङ पर्वको सांस्कृतिक महत्व, मगर समुदायको पहिचान, आपसी एकता र सामाजिक सद्भावका विषयमा चर्चा गरिएको थियो । सो अवसरमा देउसी–भैलो प्रस्तुतिसँगै एकापसमा शुभकामना आदानप्रदान गरिएको थियो ।

    नेपाल मगर सङ्घ देवदह नगर समितिका अध्यक्ष किसनबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मिलन मास्की रानाले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन नगर समितिका सचिव चोलीमाया रानाले गरेकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।