Logo

२०८३, कार्तिक २२गते


images
images

शितलनगरको डिपिएल यात्रा समाप्त, ढेकावर योध्दा क्वालिफायर २ मा प्रवेश

शितलनगरको डिपिएल यात्रा समाप्त, ढेकावर योध्दा क्वालिफायर २ मा प्रवेश

images
  • शितलनगरको डिपिएल यात्रा समाप्त, ढेकावर योध्दा क्वालिफायर २ मा प्रवेश
    images

    देवदह । शितलनगर सुपर स्ट्राइकर्सलाई ८१ रनले पराजित गर्दै ढेकावर योध्दा देवदह प्रिमियर लिग (डिपिएल) को क्वालिफायर २ मा प्रवेश गरेको छ । शनिबार सम्पन्न खेलसँगै शितलनगरको डिपिएल-३ को यात्रा समाप्त भएको छ ।

    images
    images
    images

    देवदह क्रिकेट युनिटको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ढेकावर योध्दाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । उसका लागि सम्राट थापाले ५० बलमा ४३ रन बनाए । त्यस्तै तुलबहादुर थापाले १८ बलमा ३६ र रामनाथ कुर्मीले १३ बलमा २४ रनको योगदान गरे ।

    images
    images
    images

    १४२ रनको लक्ष्य पछ्याएको शितलनगर सुपर स्ट्राइकर्स १२.५ ओभरमा ६० रनमै समेटियो । शितलनगरका लागि कप्तान विनोद क्षेत्रीले १६ र सन्देश थापाले १३ रन बनाए । ढेकावरका घनश्याम लोधले ४ विकेट लिए भने युवराज यादवले ३ तथा हिल्सन क्षेत्रीले २ विकेट लिए ।

    images
    images

    यस जितसँगै ढेकावर योध्दा क्वालिफायर २ मा पुगेको छ भने शितलनगर प्रतियोगिताबाट बाहिरिएको छ ।

    अब आइतबार हुने क्वालिफायर २ मा ढेकावर योध्दा र आजै बिर्ता राइनोजसँग पराजित भएको खैरेनी ग्ल्याडियटर्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले फाइनलमा बिर्ताको सामना गर्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डिपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।