Logo

२०८३, कार्तिक २०गते


images
images

डिपिएल

डिपिएल : अनिल यादवको विस्फोटक ब्याटिङमा खैरेनी ग्लाडिएटर्स ६ विकेटले विजयी

डिपिएल : अनिल यादवको विस्फोटक ब्याटिङमा खैरेनी ग्लाडिएटर्स ६ विकेटले विजयी

images
  • डिपिएल : अनिल यादवको विस्फोटक ब्याटिङमा खैरेनी ग्लाडिएटर्स ६ विकेटले विजयी
    images

    देवदह । देवदह प्रिमियर लिग (डिपिएल) को २५औँ खेलमा खैरेनी ग्लाडिएटर्सले भलुही राइजिङलाई ६ विकेटले पराजित गरेको छ ।

    images
    images
    images

    देवदह क्रिकेट युनिटको मैदानमा बिहीबार भएको खेलमा भलुहीले दिएको १४१ रनको लक्ष्य खैरेनीले १४.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

    images
    images
    images

    खैरेनीको जितमा अनिल यादवले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ६७ रन बनाए । उनले ९ छक्का र २ चौका प्रहार गरे । त्यस्तै सहजाद आलमले २६ रन र सुरज सारुले २६ रनको योगदान दिए ।

    images
    images
    images

    भलुहीका शिवकुमार मौर्यले २ तथा गोविन्द थारु र मनिष अर्यालले १–१ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भलुही राइजिङले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । भलुहीका महेश रानाले ४५ बलमा ५५ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । गोविन्द थारुले २५ बलमा ४४ रन जोडे । उनले ५ छक्का र १ चौका प्रहार गरे ।

    खैरेनीका रुपेश कुर्मीले ४ ओभरमा ३७ रन खर्चेर ५ विकेट लिए । अनिल यादवले ४ ओभरमा ३५ रन दिँदै ४ विकेट लिए ।

    खेलमा उत्कृष्ट बलिङ गरेका रुपेश कुर्मी र विस्फोटक ब्याटिङ गरेका अनिल यादव खैरेनीको जितका मुख्य आधार बने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।