Logo

२०८३, कार्तिक १९गते


images
images

डिपिएल : टटेरा डाइनामाइटमाथि शितलनगर सुपर स्ट्राइकर्सको ४१ रनको जित

डिपिएल : टटेरा डाइनामाइटमाथि शितलनगर सुपर स्ट्राइकर्सको ४१ रनको जित

images
  • डिपिएल : टटेरा डाइनामाइटमाथि शितलनगर सुपर स्ट्राइकर्सको ४१ रनको जित
    images
    images

    देवदह । देवदह प्रिमियर लिग (डिपिएल) अन्तर्गत बुधबार भएको खेलमा शितलनगर सुपर स्ट्राइकर्सले टटेरा डाइनामाइटमाथि ४१ रनको जित निकालेको छ ।

    images
    images
    images

    देवदह क्रिकेट युनिटको मैदानमा भएको खेलमा १३२ रनको लक्ष्य पछ्याएको टटेरा डाइनामाइट १९.३ ओभरमा ९० रनमा समेटिएपछि शितलनगरले जित हात पारेको हो ।

    images
    images
    images

    टस हारेर पहिले ब्याटिङ गरेको शितलनगरले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १३१ रन बनाएको थियो । उसका लागि बिनोद क्षेत्रीले सर्वाधिक २८ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे । पिन्टु चायले २५, सचिन पाण्डेले २३ तथा प्रवीणकुमार केवटले १४ रनको योगदान गरे ।

    images
    images
    images

    टटेराका लागि नरेश श्रीसले ४ तथा रोशन गौतमले ३ विकेट लिए । मनजित हरिजनले २ र रविश कुर्मीले १ विकेट हात पारे ।

    १३२ रनको लक्ष्य पछ्याएको टटेराका लागि डेभिड थापाले सर्वाधिक ४५ रन बनाए । विशाल थापाले १२ र रोहित कुँवरले १४ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

    टटेरालाई कम स्कोरमा रोक्ने क्रममा शितलनगरका सन्देश थापाले ४ तथा युवराज यादवले ३ विकेट लिए । निरज भण्डारी, पिन्टु चाय र बिनोद क्षेत्रीले समान १ विकेट लिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डिपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।