Logo

२०८३, कार्तिक १५गते


images
images

क्रिकेट

डिपिएल सिजन–३ : खैरेनी ग्लाडियटर्स शिर्ष स्थानमा रहँदा सीता मेडिकल पुछारमा

डिपिएल सिजन–३ : खैरेनी ग्लाडियटर्स शिर्ष स्थानमा रहँदा सीता मेडिकल पुछारमा

images
  • डिपिएल सिजन–३ : खैरेनी ग्लाडियटर्स शिर्ष स्थानमा रहँदा सीता मेडिकल पुछारमा
    images
    images

    देवदह । देवदह प्रिमियर लिग (डिपिएल) सिजन-३ अन्तर्गत आठौं दिनको अंक तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकामा खैरेनी ग्लाडियटर्स ७ अंकसहित शीर्ष स्थानमा रहेको छ । 

    images
    images
    images

    हालसम्म ४ खेल खेलेको खैरेनीले ३ खेलमा जित निकाल्दै ६ अंक तथा एक खेल बर्षाका कारण अवरुद्ध भएपछि १ अंक बाँड्दै कुल ७ अंकका साथ शिर्ष स्थानमा आफुलाई सुरक्षित राखेको छ । सीता मेडिकल भवानीपुर रोयल्सका विरुद्धमा शुक्रवार हुने भनिएको दोस्रो खेल बर्षाका कारण अवरुद्ध भएपछि दुवै टोलिले समान १÷१ अंक बाडेका थिए । शिर्ष स्थानमा रहेको खैरेनीको नेट रनरेट १.१५८ रहेको छ ।

    images
    images
    images

    लिग चरणमा ३ खेल खेल्दै दुईवटा खेलमा पराजित भएको सीता मेडिकललाई भने शुक्रवार खेल अवरुद्ध भएसंगै राहत मिलेको छ । शुन्य अंक रहेको सीता मेडिकललाई खेल बर्षाका कारण अवरुद्ध भएपछि राहत स्वरुप १ अंक मिलेको हो । अवरुद्ध खेलमा १ अंक हात पारेपनि उसले आँफुलाई लिगको पुचारमा सिमित राखेको छ । सीता मेडिकलको नेट रनरेट पनि -१.९५५ रहेको छ ।

    images
    images
    images

    यसैगरी लिगको दोस्रो स्थानमा सितलनगर सुपर स्टाइकर्स रहेको छ । समान खेलमा समान जीत हासिल गरेको विर्ता राइनोजलाई नेट रनरेटमा पछि पार्दै सितलनगर अंक तालिकामा दोस्रो स्थान ओगट्न सफल भएको हो । ४ खेलमा २ जीत र १ हार व्यवहोरे पनि बर्षाका कारण अवरुद्ध १ खेलमा अंक बाँडेसंगै दुवैटोलीको अंक तालिकामा५÷५ अंक रहेको छ । तर नेट रनरेटमा सितलनगरको १.१५९ रहेको छ भने ढेकावरको १.०७१ रहेको छ ।

    यता लिगमा सबैभन्दा धेरै ५ खेल खेलेको ढेकावर योद्धाजअंक तालिकाको चौथो स्थामा रहँदा ४ खेलमा १ जित र २ हार व्यवहोरेको टटेरा डाइनामाइट पाँचौ स्थानमा रहेको छ । ढेकावरले खेलेका खेलमा २ मा हार, २ मा जीत तथा एक खेलमा अंक बाड्दै ५ अंक जोड्न सफल भएको छ । टटेराले भने ४ खेलमा १ मा जीत र २ मा हार तथा १ खेल बर्षाका कारण अवरुद्ध भएपछि ३ अंकमा चित्त बुझाएको छ । अंक तालिकामा ढेकावरको नेट रनरेट ०.१३१ रहँदा टटेराको नेट रनरेट -०.४२० रहेको छ ।

    लिगमा समान ४ खेल खेल्दै १ खेलमा जीत, २ खेलमा हार तथा एक खेल बर्षाका कारण अवरुद्ध भएपछि अंक बाँदै समान ३÷३ अंक सहित भलुही राइनोज छैंठौ तथा शंकरपुर सुपरकिंग्स सातौ स्थानमा रहेका छन् । भलुहीको नेट रनरेट -०.८४० रहेको छ भने शंकरपुरको नेट रनरेट -०.८८७ रहेको छ ।

    प्रतियोगिता अन्तर्गत सनिबारका लागि निर्धारित दुवै खेल बर्षाका कारण अवरुद्ध भएका छन् । आजको पहिलो खेलमा ढेकावर योद्धाजले टटेरा डाइनामाइट तथा दोस्रो खेलमा भलुही राइजिङ्गले विर्ता राइनोजको सामना गर्ने तलिका रहेपनि दुवैखेल बर्षाका कारण अवरुद्ध भएका हुन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।