Logo

२०८३, कार्तिक १८गते


images
images

डिपिएल

डिपिएल : ४६ रनमै समेटियो भवानिपुर, टटेरा डाइनामाइटको ६ विकेटको जित

डिपिएल : ४६ रनमै समेटियो भवानिपुर, टटेरा डाइनामाइटको ६ विकेटको जित

images
  • डिपिएल : ४६ रनमै समेटियो भवानिपुर, टटेरा डाइनामाइटको ६ विकेटको जित
    images
    images

    देवदह  |  देवदह प्रिमियर लिग (डिपिएल) को २२औँ खेलमा टटेरा डाइनामाइटले सिता मेडिकल भवानिपुर रोयल्सलाई ६ विकेटले पराजित गरेको छ । देवदह क्रिकेट युनिट (डिसियु) को मैदानमा मंगलबार भएको खेलमा सीता मेडिकल भवानिपुर रोयल्सले दिएको ४७ रनको सामान्य लक्ष्य टटेरा डाइनामाइटले ५.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

    images
    images
    images

    टस जितेर पहिले ब्याटिङ गरेको भवानिपुर रोयल्स १५.२ ओभरमा ४६ रनमै समेटिएको थियो । टोलीका लागि रामजन चायले सर्वाधिक १३ रन बनाए । अशोक पासीले ८, युवराज मल्लाह र दुर्गेश यादव मल्लाहले समान ५ तथा सन्दीप अर्यालले ४ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    images
    images
    images

    भवानिपुरलाई सस्तैमा समेट्ने क्रममा टटेरा डाइनामाइटका मञ्जित हरिजनले ३ विकेट लिए । रोशन गौतम र रबिश कुर्मीले समान २ विकेट हात पारे भने डेभिड थापाले २ विकेट लिए ।

    images
    images
    images

    ४७ रनको लक्ष्य पछ्याएको टटेरा डाइनामाइटले आक्रामक सुरुवात गर्दै ५.४ ओभरमै जित निकालेको हो । टोलीका लागि डेभिड थापाले १६ बलमा २० रन बनाए । प्रकाश भण्डारीले ३ बलमा ९ तथा रोशन गौतमले ३ बलमा ७ रन जोडे । नरेश श्रीसले ५ बलमा ७ रन बनाए ।

    भवानिपुरका दीपक भण्डारी, राज सुनार, दुर्गेश यादव मल्लाह र अन्य बलरले विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

    खेलमा उत्कृष्ट प्रदर्शन गरेका ततेरा डाइनामाइटका डेभिड थापा म्यान अफ द म्याच घोषित भए । उनले ब्याटिङमा २० रन बनाउनुका साथै बलिङमा २ विकेटसमेत लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डिपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।