Logo

२०८३, आश्विन १९गते


images
images

समाचार

घुस लिएको आरोपमा विद्युत् प्राधिकरणका इन्जिनियरविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा विद्युत् प्राधिकरणका इन्जिनियरविरुद्ध मुद्दा दायर

images
  • घुस लिएको आरोपमा विद्युत् प्राधिकरणका इन्जिनियरविरुद्ध मुद्दा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

    images
    images
    images

    इटहरी उपमहानगरपालिका–८ स्थित वितरण केन्द्रमा कार्यरत यादवले गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडान गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोप छ ।

    images
    images
    images

    उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

    images
    images
    images

    अनुसन्धानका क्रममा विद्युत् लाइन जडानमा अनावश्यक ढिलासुस्ती गरी सेवाग्राहीलाई दुःख हैरानी दिएर घुस दिन बाध्य बनाएको र लाइन जडान तथा सहजीकरणका लागि रकम माग गरी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

    अख्तियारले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अनुसार ५० हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुद्दा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।