Logo

२०८३, आश्विन २३गते


images
images

समाचार

१० लाख घुस लिएका नापी अधिकृतविरुद्ध मुद्दा दायर

१० लाख घुस लिएका नापी अधिकृतविरुद्ध मुद्दा दायर

images
  • १० लाख घुस लिएका नापी अधिकृतविरुद्ध मुद्दा दायर
    images
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध १० लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

    images
    images
    images

    आयोगका अनुसार छुट जग्गा दर्ताको सिफारिससहितको फाइल तथा आवश्यक कागजात भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाइदिने र जग्गा दर्ताको काममा सहजीकरण गरिदिने भन्दै वलीले सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस मागेका थिए ।

    images
    images
    images

    उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले वलीलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानबाट उनले १० लाख रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो बराबर जरिवानाको मागदाबी गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।