Logo

२०८३, आश्विन ३गते


images
images

समाचार

विद्यालय व्यवस्थापन समितिका सदस्यविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

विद्यालय व्यवस्थापन समितिका सदस्यविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

images
  • विद्यालय व्यवस्थापन समितिका सदस्यविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गौरीगंगा नगरपालिका-४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    बमले तोकिएबमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

    images
    images
    images

    अनुसन्धानका क्रममा बमले विद्यालय व्यवस्थापन समितिको सदस्य तथा पदीय हैसियतको दुरुपयोग गर्दै सेवा सुविधा उपलब्ध गराउने निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेर आफ्नो निम्ति दुई लाख रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

    images
    images
    images

    अख्तियारका अनुसार बमको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर हो । आयोगले दुई लाख रुपैयाँ बिगो कायम गरी ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ ।

    आयोगले बमविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।