Logo

२०८३, आश्विन ३गते


images
images

एग्रो पुलिङ कार्यक्रम

एग्रो पुलिङ कार्यक्रममा सहकार्य गर्न काठमाडौँ महानगरको प्रस्ताव आह्वान

एग्रो पुलिङ कार्यक्रममा सहकार्य गर्न काठमाडौँ महानगरको प्रस्ताव आह्वान

images
  • एग्रो पुलिङ कार्यक्रममा सहकार्य गर्न काठमाडौँ महानगरको प्रस्ताव आह्वान
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो एग्रो पुलिङ कार्यक्रममा सहकार्य गर्न इच्छुक स्थानीय तहबाट प्रस्ताव आह्वान गरेको छ।

    images
    images
    images

    काठमाडौँ महानगरपालिका एग्रो पुलिङ कार्यविधि, २०८१ बमोजिम स्थानीय प्रविधि, सीप, श्रम तथा रैथाने उत्पादन र सामूहिक खेतीलगायतका माध्यमबाट उत्पादन भएका खाद्यान्न तथा कृषि उपजको सङ्कलन, परीक्षण, प्याकेजिङ, लेबलिङ, ढुवानी, भण्डारण र बिक्री वितरणका लागि महानगरपालिकाले अन्य स्थानीय तहसँग सहकार्य गर्न लागेको हो ।

    images
    images
    images

    महानगरपालिकाले स्थानीय क्षेत्रका कृषकलाई कृषि उत्पादनतर्फ उत्प्रेरित गर्दै स्थानीय रूपमा उत्पादित खाद्यान्न तथा कृषि उपजलाई प्रवर्द्धन गर्ने उद्देश्यले एग्रो पुलिङ कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

    images
    images
    images

    सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो स्थानीय क्षेत्रका कृषकलाई उत्प्रेरित गरी कृषि उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यसहित महानगरपालिकाको कार्यक्रममा आबद्ध हुन इच्छुक स्थानीय तहले प्रस्ताव पेश गर्नुपर्नेछ ।

    इच्छुक स्थानीय तहले काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागमा प्रस्ताव पेश गर्न सक्नेछन् । त्यसैगरी विभागको इमेल agriculture.dept@kathmandu.gov.np मा प्रस्ताव पेश गर्न सकिने महानगरले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।