देवदह । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक भएको छ ।
क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि ८१ जनाले उम्मेदवारी दिएका थिए । विभिन्न क्लस्टरबाट चयन हुने प्रतिनिधिमध्ये ८ जना यसअघि नै निर्विरोध भएका थिए भने बाँकी पदका लागि निर्वाचन भएको थियो ।
अन्तिम मतपरिणामअनुसार युवा महिलातर्फ डा. सुमित्रा पराजुली ४०८ मतसहित विजयी भएकी छन् । युवातर्फ विजय गुरुङ २२६ र चिरञ्जीवी बस्याल २०२ मतसहित निर्वाचित भएका छन् । प्रजातन्त्र सेनानीतर्फ शक्ति प्रसन्न गिरी २३९ मतसहित विजयी भएका छन् । महिलातर्फ लच्छु न्यौपाने ४४४, भगवती गैरे ३७३, पार्वती न्यौपाने २८९ र भगवती बस्याल २८९ मतसहित निर्वाचित भएका छन् ।
प्रत्यक्षतर्फ हिराबहादुर खत्री ६१४, अब्दुल रज्जाक गद्दी ५७५, हरिप्रसाद काफ्ले ४०९, हरि न्यौपाने ३९६, बासुदेव रिमाल ३८४, विश्वनाथ यादव ३८३, हरिलाल पाण्डे २९२, झविलाल भुसाल २७१, विष्णुबहादुर रायमाझी २५४ र बिनोद न्यौपाने २५२ मतसहित निर्वाचित भएका छन् ।
आदिवासी जनजाति महिलातर्फ५१६ मतसहित सरिता कुमारी चौधरी र आदिवासी जनजाति पुरुषतर्फ टिकाबहादुर श्रेष्ठ २४५ मतसहित निर्वाचित भएका छन् ।
खसआर्यतर्फ नवीनराज आचार्य ४८५ र मदनप्रसाद पोखरेल ४३० मतसहित विजयी भएका छन् । मधेसीतर्फ राधेश्याम चौधरी ३४६ तथा मुस्लिमतर्फ युनिस अलि फकिर ३६५ मतसहित निर्वाचित भएका छन् ।
यसअघि सम्पन्न क्षेत्रीय अधिवेशनबाट यकबहादुर सुनार सभापतिमा निर्वाचित भएका थिए । ८१५ मत गणना हुँदा सुनारले ५१६ मत प्राप्त गरेका थिए । सचिवमा नेमराज न्यौपाने ‘राजेन्द्र’ तथा सहसचिवमा गणेशप्रसाद तिमिल्सिना निर्वाचित भएका थिए । रुपन्देही क्षेत्र नम्बर १ मा क्षेत्रीय अधिवेशनसँगै महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया पूरा भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology