Logo

२०८३, श्रावण ३०गते


images
images

कात्तिक अन्तिममा चुनाव गर्ने तयारी 

कात्तिक अन्तिममा चुनाव गर्ने तयारी 

images
  • कात्तिक अन्तिममा चुनाव गर्ने तयारी 
    images
    images

    काठमाण्डाै । निर्वाचन आयोगले कात्तिकको अन्तिममा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव गर्नेगरी सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ । केही दिनमै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्ने आयोगले तयारी गरेको हो । 

    images
    images
    images

    चुनावको लागि कात्तिक ३० गतेको मिति उपयुक्त हुन सक्ने आयोग स्रोतले जनाएको छ । यसअघि दुई चरणमा चुनाव गर्ने निष्कर्षमा आयोग पुगे पनि एकै चरणमा चुनाव गर्ने टुङ्गोमा आयोग पुगेको छ । १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा चुनाव गर्ने आयोगको तयारी छ । 

    images
    images
    images

    आयोगले अहिले देशभर मतदाता नामावली सङ्कलनको काम गरिरहेको छ । चुनावको मिति घोषणा नहुँदासम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ । आयोगका अनुसार ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ताको काम भइरहेको छ । 

    images
    images
    images

    यस्तै, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोबास रहेकाले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्नेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।