Logo

२०८३, आश्विन १८गते


images
images

सहकारी गतिविधि

आफन्त बचत तथा ऋण सहकारीको १५औँ वार्षिक साधारण सभा सम्पन्न

आफन्त बचत तथा ऋण सहकारीको १५औँ वार्षिक साधारण सभा सम्पन्न

images
  • आफन्त बचत तथा ऋण सहकारीको १५औँ वार्षिक साधारण सभा सम्पन्न
    images
    images

    देवदह । आफन्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । चारवटै सेवा केन्द्रमा इकाइगत साधारण सभा सम्पन्न पश्चात आइतवार, संस्थाको मूल समारोह आयोजना गरी १५औँ वार्षिक साधारण सभा समेत सम्पन्न गरिएको हो ।

    images
    images
    images

    संस्थाका अध्यक्ष चन्द्रकान्त पराजुलीको अध्यक्षतामा सम्पन्न मूल समारोहमा संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार गणेश सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाका निवर्तमान सचिव मनकला पाण्डे, लेखा समिति संयोजक कृष्णबहादुर थापा, कोषाध्यक्ष पार्वती न्यौपाने तथा विभिन्न उपसमितिका सदस्यहरूले संस्थाको गतिविधि, प्रगति, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाका विषयमा आ–आफ्ना भनाइ राखेका थिए ।

    images
    images
    images

    कार्यक्रममा वक्ताहरूले संस्थाको विकास, सदस्यहरूको हित तथा सहकारीको दिगो विकासका लागि सदस्यहरूबीचको एकता, सहकार्य र विश्वासलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । 

    images
    images
    images

    संस्थाका सचिव अर्जुन कुमार गुरुङको सञ्चालनमा भएको कार्यक्रममा सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरू, कर्मचारी र शेयर सदस्यहरूको सहभागिता थियो ।

    यसअघि सनिबार संस्थाका चारवटा सेवा केन्द्रमार्फत इकाइगत साधारण सभा सम्पन्न भएको थियो । संस्थाअन्तर्गतका शंकरपुर, धकधई, खैरेनी र ६ नम्बर सेवा केन्द्रमा आयोजित इकाइगत साधारण सभा उत्साहजनक सहभागिता र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएका हुन् ।

    संस्थाका कुल ६ हजार ५ सय ९५ जना सदस्य मध्ये शंकरपुर सेवा केन्द्रमा १ हजार ५ सय ७ जना, धकधई सेवा केन्द्रमा ६ सय ७२ जना, खैरेनी सेवा केन्द्रमा ७ सय ३५ जना र ६ नम्बर सेवा केन्द्रमा ८ सय ११ जना गरी चारवटै सेवा केन्द्रमा कुल ३ हजार ७ सय २५ जना सदस्यको सहभागिता रहेको थियो । यो कुल सदस्य संख्याको ५६ दशमलव ४६ प्रतिशत हो ।

    संस्थाका व्यवस्थापक विजयबहादुर क्षेत्रीका अनुसार संस्थाको शेयर पुँजी २ करोड ९७ लाख २२ हजार ३ सय रुपैयाँ, कुल बचत निक्षेप ३४ करोड ३१ लाख ३४ हजार ४ सय ७१ रुपैयाँ, ऋण लगानी ३० करोड ५० लाख २४ हजार १ सय ९३ रुपैयाँ र संस्थाको कुल सम्पत्ति ४२ करोड ३२ लाख १७ हजार ५ सय ६० रुपैयाँ रहेको छ ।

    इकाइगत साधारण सभाका अवसरमा सेवा केन्द्रअनुसार उत्कृष्ट सुझावकर्ता, व्यवसायी, बचतकर्ता, नियमित बचतकर्ता, ऋण कारोबारकर्ता, बाल बचतकर्ता तथा दैनिक बचतकर्तालाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । साथै संस्थाका ज्येष्ठ सदस्यहरूलाई नगदसहित सम्मान गरिएको संस्थाले जनाएको छ । 

    साधारण सभामा अध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समिति तथा लेखापरीक्षण प्रतिवेदनलगायत समान कार्यसूचीमा रहेका प्रस्तावमाथि छलफल गरी पारित गरिएको कार्यक्रमका बक्ताहरुले सहकारी संस्था नीति तथा विधिअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए । सभामा संस्थाको वर्तमान अवस्था, आर्थिक गतिविधि, बचत तथा ऋण परिचालन, सदस्यहरूको हकहित, संस्थागत सुशासन तथा सदस्य कल्याणका विषयमा छलफल तथा विचार–विमर्श गरिएको थियो । 

    साथै संस्थाको दिगो विकास, सदस्यहरूबीच आपसी सहयोग, वित्तीय अनुशासन र संस्थाप्रतिको अपनत्व अभिवृद्धि गर्ने विषयलाई समेत प्राथमिकताका साथ उठाइएको जनाइएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।