Logo

२०८३, आश्विन २२गते


images
images

बुटवल उद्योग वाणिज्य संघमा नरिश्वर शर्मा पौडेल नेतृत्वमा प्यानल घोषणा

बुटवल उद्योग वाणिज्य संघमा नरिश्वर शर्मा पौडेल नेतृत्वमा प्यानल घोषणा

images
  • बुटवल उद्योग वाणिज्य संघमा नरिश्वर शर्मा पौडेल नेतृत्वमा प्यानल घोषणा
    images
    images

    बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ । ‘नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व’ नारासहित घोषणा गरिएको प्यानलले व्यवसायीको सुरक्षा, आर्थिक विकास र संघको संस्थागत सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ ।

    images
    images
    images

    प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईं र सहकोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) उम्मेदवार छन् ।

    images
    images
    images

    एसोसिएट सदस्यमा भानुभक्त खत्री (भानु) तथा उद्योग सदस्यमा सुनिता बन्जाडे, कृष्णप्रसाद माण्डे, ज्ञानबहादुर पुन र लेखनाथ भण्डारी उम्मेदवार बनेका छन् ।

    images
    images
    images

    वाणिज्य सदस्यतर्फ गणेशप्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने र रामबहादुर भण्डारी तथा महिला सदस्यमा रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी उम्मेदवार छन् ।

    खुला सदस्यतर्फ विष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, प्रदीप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ (कलप्रसाद), शिवदेव अर्याल र विष्णु उपाध्याय उम्मेदवार बनेका छन् ।

    प्यानलले व्यवसाय दर्ता तथा नवीकरण प्रक्रिया सहज बनाउने, पार्किङ तथा ट्राफिक व्यवस्थापन सुधारका लागि पहल गर्ने, पूर्वाधार निर्माणमा स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गर्ने र डिजिटल तथा अनलाइन व्यापार प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ । स्थानीय उत्पादनको बजार विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ ।

    युवा तथा महिला उद्यमीलाई प्रोत्साहन, साना तथा मझौला व्यवसायको संरक्षण, लगानी प्रवर्द्धन तथा व्यवसायीका समस्या समाधानका लागि एकद्वार सहायता प्रणाली स्थापना गर्ने योजना प्यानलले अघि सारेको छ ।

    पौडेल नेतृत्वको टोलीले घोषणा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्दै संघलाई व्यवसायीको साझा र प्रभावकारी संस्थाका रूपमा अघि बढाउने जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल उद्योग वाणिज्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।