काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदान नहुने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार प्राविधिक तयारी पुरा हुन नसकेपछि आज निर्वाचन नहुने भएको हो । निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले तयारी पुरा गरेर शुक्रबार बिहान ७ देखि मतदान हुने बताए ।
यसअघि आज बिहान १० बजे तय गरिएको मतदान तयारी नपुगेको भन्दै १ बजे र त्यसपछि साढे २ बजेका लागि सारिएको थियो । समितिले उम्मेदवार धेरै भएको र मतपत्र छपाइमा ढिलो भएका कारण आज मतदान हुन नसकेको बताएको छ ।
अर्कोतर्फ समयमा मतदान हुन नसकेपछि सहमतिको प्रयास जारी रहेको बताइएको छ ।
काँग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ८०० भन्दा बढी उमेदवार चुनावी मैदानमा रहेका छन् । काँग्रेसको यस निर्वाचनमा महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधिले मतदान गर्दैछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology