Logo

२०८३, आश्विन ९गते


images
images

नेपाली सिमेन्ट अब भारतीय बजारमा, सिमेन्ट निर्यात गर्ने पहिलो कम्पनी बन्यो पाल्पा सिमेन्ट

नेपाली सिमेन्ट अब भारतीय बजारमा, सिमेन्ट निर्यात गर्ने पहिलो कम्पनी बन्यो पाल्पा सिमेन्ट

images
  • नेपाली सिमेन्ट अब भारतीय बजारमा, सिमेन्ट निर्यात गर्ने पहिलो कम्पनी बन्यो पाल्पा सिमेन्ट
    images
    images

    सुनवल । नेपाली सिमेन्टले भारतीय बजारमा प्रवेश गरेको छ । इतिहास रच्दै पश्चिम नवलपरासीको सुनवलस्थित पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन भारतीय बजारमा प्रवेश गराएको हो । 

    images
    images
    images

    कम्पनीद्वारा उत्पादित तानसेन सिमेन्टको शुक्रबारदेखि  औपचारीक रुपमा छिमेकी राष्ट्र भारतमा निर्यात हुन लागेको कम्पनीले जनाएको छ । शुक्रबार एक औपचारिक कार्यक्रम आयोजना गरी पाल्पा सिमेन्टले आफ्नो उत्पादन अब नेपालमा मात्रै नभएर भारतमा समेत  बिक्रि गर्न लागेको जनाएको हो । IMG-20220708-WA0007.jpg

    images
    images
    images

    सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले रिवन काटेर उद्धाटन गर्दै देशको उत्पादन भारतजस्तो ठूलो मूलुकमा निर्यात हुनु गौरवको कुरा भएको उल्लेख गरिन् ।  सिमेन्ट उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा पाल्पा सिमेन्ट इन्डस्ट्रिजलाई धन्यवाद दिंदै प्रमुख अर्यालले सुनवलमा अवस्थित उद्योगले प्राप्त गरेको व्यवसायीक सफलता उद्योगको मात्रै नभएर राष्ट्रकै सफलता भएको भन्दै खुसी व्यक्त गरिन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै कम्पनीका कार्यकारी निर्देशक शेखर अग्रवालले कम्पनीलाई आजको अवस्थामा ल्याउन सहयोग गर्ने सम्पूर्ण कर्मचारी, सरकार तथा स्थानीयबासी सबैमा धन्यवाद व्यक्त गरे ।

    कार्यक्रममा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, कम्पनीका सेल्स डिपार्टमेन्टका कर्मचारी अमरेन्द्र श्रीवास्तव, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी लगायतले बोल्दै सिमेन्टमा आत्मनिर्भर भइसकेको नेपालले भारतमा आफ्नो उत्पादन निर्यात गर्ने कुरा सम्पूर्ण नेपाली र नेपाली अर्थतन्त्रका लागि निकै महत्वपूर्ण कार्य भएको बताएका थिए ।

    कार्यक्रम कम्पनीका पब्लिक रिलेशन कर्मचारी जीवन निरौलाको स्वागत र कर्मचारी मुक्ती बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    हाल नेपालमा ५० भन्दा धेरै उद्योगहरु सञ्चालनमा रहेको र तिमध्ये १५ उद्योगले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । त्यस्तै देशभर सञ्चालित उद्योगहरुले वार्षिक झण्डै २ करोड बिस लाख टन सिमेन्ट उत्पादन गर्ने गरेको अनुमान गरिएको समेत कम्पनीले जनाएको छ । भरपर्दो र पर्याप्त बिद्युतको अभाव, कच्चा पदार्थको समस्या, उत्पादनको बजार अभाव, राज्यको अल्पकालिन नीति नियम, आर्थिक समस्या, दक्ष जनशक्तिको अभाव लगायत समस्याहरुका बाबजुत पछिल्लो समय नेपाल सिमेन्टमा आत्मनिर्भर हुँदै निर्यात सम्मको अवस्थामा पुगेको छ । 

    पाल्पा सिमेन्टले आफ्नै चुनढुङ्गा प्रयोग गरेर सिमेन्ट उत्पादन गर्दै आइरहेको छ ।

    पछिल्लो समय देशमा आर्थिक संकटको सम्भावना देखिन लागेको बेला नेपाली उत्पादन बिदेश निर्यात हुनुलाई निकै महत्वपूर्ण मान्न सकिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।