Logo

२०८३, आश्विन २७गते


images
images

आज विश्वभर अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइदै

आज विश्वभर अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइदै

images
  • आज विश्वभर अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइदै
    images
    images

    काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइदैछ । 

    images
    images
    images

    हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रूपमा मनाउने गर्दछ । 

    images
    images
    images

    यस बर्ष प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको मुख्य सन्देश 'घरलाई सुरक्षित, किफायती र स्थानीय विपद्का जोखिम सामना गर्न सक्ने बनाउनु' रहेको छ । यसको उद्देश्य घर तथा आवासलाई बाढी, पहिरो, भूकम्पलगायत स्थानीय जोखिमबाट सुरक्षित राख्दै विपद् सामना गर्न सक्ने क्षमता विकास गर्नु हो ।

    images
    images
    images

    यस बर्षको अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवसको नारा  'उत्थानशीलताको सुरुवात घरबाटै हुन्छ' भन्ने रहेको छ । 

    पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरूको सम्भाव्य जोखिममा रहेको छ । अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायु परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ ।

    नेपाल छोटा-छोटा दूरीमा फरक भू-बनोट, हावा-पानी कालागि नेपालले पनि पछिल्ला समयमा धेरै प्राकृतिक विपत्तिहरूको सामना गरिरहेको छ । समय-समयमा आउने भूकम्प होस् या  भीषण बाढी पहिरो, भौगोलिक रूपमा विविधतासँगै जटिल नेपाल सदैव प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जोखिम न्यूनीकरण दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।