काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)’ को ट्रेलर सार्वजनिक भएको छ। बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र कात्तिक ६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ ।
चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर र सिर्जना गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता दयाहाङ राईले काजी पात्रको स्वभाव र जीवनमा आउने नयाँ परिस्थितिबारे चर्चा गरे । अभिनेत्री सिर्जना गुरुङले यस भागमा काजीको परिपक्वता देख्न पाइने बताइन् । अभिनेता विजय बरालले भने बिके पात्रको रमाइलो स्वभाव र कथाका प्रसङ्गबारे चर्चा गरेका थिए।
ट्रेलर लिंक- https://youtu.be/40TTPzoePK0
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology